सुदूरपश्चिम


बाजुरामा भूकम्पले घर भत्किए

बाजुरामा भूकम्पले घर भत्किए

फाइल तस्बिर


गोकुल जोशी
पुस ६, २०८१ शनिबार १०:१६, कञ्चनपुर

बाजुरामा आज (शनिबार) बिहानै गएको भूकम्पका कारण विभिन्न ठाउँमा भौतिक क्षति पुगेको छ। दर्जनभन्दा बढी घर चर्किएका छन् भने कतिपय भत्किएका छन्।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार मानवीय क्षति भने भएको छैन। भौतिक क्षतिको विवरण संकलन गर्ने क्रम जारी छ।

अहिलेसम्म उपलब्ध जानकारीअनुसार बूढीनन्दा नगरपालिकाको कोल्टीमा एक घरमा क्षति पुगेको छ। भूकम्पले क्षति पुगेको उक्त घरमा बसोबास गर्ने तीन जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ।

बूढीनन्दा नगरपालिकाको अन्य ठाउँमा पनि भूकम्पले जीर्ण घर भत्किएका छन्। नगर प्रमुख जनक कुमार बोहराका अनुसार पक्की घर पनि चर्केका छन्। बूढीनन्दा नगरपालिका-३ मा ४ र वडा नम्बर ४ मा ६ घरमा क्षति पुगेको छ।

शनिबार बिहान बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको झट्कापछि स्थानीय घरबाहिर निस्केका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad