सुदूरपश्चिम


देउवाको गृह प्रदेशमा भावी सभापति शेखर भन्दै नाराबाजी, १५ किलोको माला

देउवाको गृह प्रदेशमा भावी सभापति शेखर भन्दै नाराबाजी, १५ किलोको माला

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १६:१७, धनगढी

सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ। 

नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला  लगाइएको हो। नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजा सहित भव्य स्वागत गरिएको थियो। 

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डे सहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो। १५ औं महाधिवेशनका लागि शुभकामना दिदै नेता कार्यकर्ताले नेता कोइरालाको पक्षमा नारा समेत लगाइएका थिए। 

स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दाबाद, सुदूरपश्चिमले के भन्छ, १५ औं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ’, जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad