सुदूरपश्चिम


डडेल्धुरा आउन लागेकी परराष्ट्रमन्त्री राणालाई फूलमालासहित स्वागत गर्न कांग्रेसको सर्कुलर

डडेल्धुरा आउन लागेकी परराष्ट्रमन्त्री राणालाई फूलमालासहित स्वागत गर्न कांग्रेसको सर्कुलर

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १६:१, कञ्चनपुर

परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार डडेल्धुरा आउँदै छिन्।

नेपाली कांग्रेस डडेल्धुराले मन्त्री देउवा गृहजिल्ला आउँदा फूलमालासहित स्वागत गर्न सूचना जारी गरेको छ।

पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसदसमेत रहेकी राणा शुक्रबार अपराह्न डडेल्धुरा पुग्ने कार्यक्रम तय भएको छ।

कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले सूचना निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई सर्कुलर गरे।

परराष्ट्र मन्त्री राणालाई डडेल्धुरा बसपार्कमा भेला भएर स्वागत गर्ने कार्यक्रम छ।

सभापति साउदले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित रहन भनेका छन्।

साथै क्रियाशील सदस्यहरू, उद्योगी र व्यापारीहरू लगायतलाई पनि फूलमालासहित डडेल्धुरा बसपार्कमा उपस्थित हुन सभापति साउँदको सर्कुलर छ।

सभापति साउँदले महासमिति सदस्यदेखि क्रियाशील सदस्य र उद्योगी व्यापारीलाई पनि परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित हुन भनेको हो।

कांग्रेस सभापति एंवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि केही दिनदेखि डडेल्धुरामै धार्मिक स्थलको घुमफिर र कार्यकर्ता भेटघाटमा व्यस्त छन्।
०००

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad