सुदूरपश्चिममा डेढ महिनाभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ३ सय ९७ जनालाई पक्राउ गरेको छ।
प्रहरीले दसैँ-तिहारको अवधिमा पक्राउ गरेका उनीहरूको साथबाट २९ लाख ७ हजार २ सय ५४ रुपैयाँ पनि बरामद गरेको छ।
दसैँ-तिहारलक्षित सुरक्षा योजनाअन्तर्गत सुदूरपश्चिमका ६ जिल्लाबाट तास खेल्ने ३ सय ९७ जनालाई पक्राउ गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि कात्तिक २० गतेसम्म जुवाताससम्बन्धी कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाइएको छ।
प्रहरीका अनुसार सबैभन्दा बढी कैलालीमा तास खेलिरहेको अवस्थामा १८४ जना पक्राउ परे। उनीहरूको साथबाट ११ लाख ९ हजार ९ सय ८ रुपैयाँ बरामद भयो।
यस्तै कञ्चनपुरमा १५९ जनाका साथबाट ११ लाख ९० हजार ४ सय ५२ रुपैयाँ, अछाममा ९ जनाबाट ६ हजार ८५ रुपैयाँ र डडेल्धुरामा २ जनाका साथबाट ४ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
डोटीमा १२ जुवाडेका साथबाट १२ हजार ८ सय १० र बझाङ ५ जनाका साथबाट ६६ हजार १ सय ३० रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया