बागमती


काठमाडौँबाट महोत्तरी जाँदै गरेको बस मकवानपुरमा पल्टियो, ३५ जना घाइते

काठमाडौँबाट महोत्तरी जाँदै गरेको बस मकवानपुरमा पल्टियो, ३५ जना घाइते

मकवानपुरमा पल्टिएको बस


नेपालखबर
कात्तिक २१, २०८१ बुधबार ८:३०, काठमाडौँ

मकवानपुरमा आज (बुधबार) बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

काठमाडौँबाट महोत्तरीका लागि जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस बिहान ४ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका-७ समिडाँडामा पल्टिएको हो।

बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल दाहिने साइडमा पल्टिई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। 

उनका अनुसार घाइतेहरूलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ।

घाइतेमध्ये १३ जनाको अवस्था मध्यम छ भने बाँकी २२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बस चालक महोतरी पिपरा गाउँपालिका-२ बस्ने अन्दाजी ३७ वर्षका जयकिशोर कापरलाई प्रहरीले निणन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad