सुदूरपश्चिम


अरिंगालले टोकेको १० दिनपछि मृत्यु

अरिंगालले टोकेको १० दिनपछि मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ११:२८, बाजुरा

बाजुराको बडीमालिका नगरपालिकामा अरिंगालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ।

यही असोज २५ गते अरिंगालले  टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो।

भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा १० दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए।

असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरीमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिंगालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर बिरामी परेका थिए। 

उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो।

सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad