कारोबार


एकैदिनमा ट्रायम्फका २ सय मोटरसाइकल डेलिभरी

एकैदिनमा ट्रायम्फका २ सय मोटरसाइकल डेलिभरी

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ११:२८, काठमाडौँ

ट्रायम्फ नेपालले प्रिमियम मोटरसाइकल वितरण कार्यक्रम सम्पन्न गरेको छ। ‘ट्रायम्फ डे : २०० मेसिन, एक प्यासन’ कार्यक्रमको सफल आयोजना गर्दै आइतबार वितरण कार्यक्रम सम्पन्न भएको हो। 

आइतबार एकैदिनमा २०० ट्रायम्फ मोटरसाइकलहरू एकै दिनमा डेलिभर गरिएको छ, जुन गत अगस्टमा लन्चपछि प्रि–बुक गरिएको कम्पनीले जनाएको छ। 

योसँगै ट्रायम्फ नेपालको मोटरसाइकल बजारमा विधिवत् रुपमा प्रवेश गरेको छ।

नक्साल, काठमाडौँस्थित ट्रायम्फ शोरूममा आयोजना गरिएको यस कार्यक्रममा, ट्रायम्फका स्पीड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेलहरूको भव्य डेलिभरी गरिएको थियो।

यी बहुप्रतीक्षित मोडेलहरू गत अगस्ट २७मा नाडा अटो शो २०२४ सार्वजनिक गरिएको थियो।

ब्रान्डलाई लिएर ग्रहाकहरुमाझ अत्यधिक उत्साह र उत्सुकता देखिएको थियो। त्यस नाडा अटो शो मा बुक गर्ने भाग्यशाली २०० ग्राहकहरूले नेपालमै पहिलो पटक भएको भव्य मोटरसाइकल वितरण कार्यक्रममा भाग लिन पाएका छन्।

त्यस्तै, कार्यक्रममा ‘द जेन्टलम्यान्स क्लब’ को घोषणा समेत भएको कम्पनीले बताएको छ। 

कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई क्लबमा दर्ता गराई विशेष सदस्यता कार्ड प्रदान गरिएको थियो । यस क्लबको पहिलो राइड चाँडै घोषणा गरिने बताइएको छ, जहाँ सदस्यहरूले एकसाथ यात्रा गर्न, रमाइलो गर्न र समुदायको लागि कुनै अर्थपूर्ण कार्यमा योगदान पुर्याउन पाउने कम्पनीले बताएको छ। 

ट्रायम्फ नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले यो ऐतिहासिक कार्यक्रमको सफलतामा खुसी व्यक्त गरे। 

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ब्रान्डको उपस्थितिलाई अझै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। 

‘ट्रायम्फलाई नेपालमा भित्र्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौँ। यो ब्रान्डले उत्कृष्टता, प्रदर्शन र सान्दर्भिकताको प्रतीक रहेको छ। आगामी दिनहरूमा हामी विभिन्न प्रकारका ट्रायम्फ मोडेलहरू नेपाली मोटरसाइकल प्रेमीहरूको आवश्यकताअनुसार प्रस्तुत गर्ने छौँ,’ उनले भने, ‘हामी ग्राहकहरूको मोटरसाइकलको उचित सेवा र मर्मतसम्भारको लागि उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad