सुदूरपश्चिम


बैतडीका भगवती मन्दिरमा एक हजार पशुबलि चढाइयो

बैतडीका भगवती मन्दिरमा एक हजार पशुबलि चढाइयो

नेपालखबर
असोज २५, २०८१ शुक्रबार २१:२३, बैतडी

यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ। यहाँका भगवती मन्दिरमा पशुबलिसहित जात्रा सम्पन्न भएको हो।

घटस्थापनादेखि महाअष्टमीसम्म यहाँका भगवती मन्दिरमा करिब एक हजार पशुबलि चढाइएको जनाएको छ। जिल्लाकै प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टमी मेलामा मात्रै पाँच सय १२ पशुको बलि दिइएको छ।

दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा  तीन सय १७ राँगा र एक सय ९५ बोकाको बलि दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिए।

पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ३८ राँगा र १२ बोकाको बलि दिइएको छ। मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा घटस्थापनादेखि आजसम्म दुई सय २० पशुको बलि दिइएको छ। जसमा एक सय राँगा र एक सय २० बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष नरेश नायकले जानकारी दिए।

सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैनी मन्दिरमा २१ वटा पशुको बलि दिइएको छ। बिहीबार राति १४ राँगा र सात बोकाको बलि दिइएको सो गाउँपालिकाका वडा नं ५ का वडाध्यक्ष केशवसिंह बिष्टले जानकारी दिए।

डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राँगा र ३५ वटा बोकाको गरी ६५ पशुको बलि दिइएको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए।

डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राँगा र दुई बोका गरी २३ पशुको बलि दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले बताइन्। पुर्चौडीका विभिन्न भगवती मन्दिरमा गरेर १२ राँगा र ४२ बोकाको बलि चढाइएको छ।

डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्रिभर १८ बोकाको बलि दिइएको स्थानीय शिक्षक धर्मराज भट्टले जानकारी दिए।

यस्तै दोगडाकेदार गाउँपालिका ३ सिल्लमा रहेको रणशैनी भगवती मन्दिरमा २६ राँगा र ३२ बोकाको बलि दिइएको रणशैनी भगवती मेला व्यवस्थापन समिति सदस्य जनक चन्दले जानकारी दिए। यहाँका मन्दिरमा लाग्ने जात्रामा छिमेकी राष्ट्र भारतका समेत दर्शनार्थी आउने गरेका छन्।

भगवतीका मन्दिरमा सम्पन्न जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad