सुदूरपश्चिम


सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ, ९ लाख ६४ हजार बरामद

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ, ९ लाख ६४ हजार बरामद

नेपालखबर
असोज २४, २०८१ बिहिबार २०:५६, काठमाडौँ

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ। कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा रु नौ लाख ६४ हजार छ सय ८६ सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कैलालीबाट ७७ र कञ्चनपुरबाट ८५ जना रहेका र उनीहरूलाई कानुनबमोजिम कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले बताए।

प्रदेशका नौ जिल्लामा सामान्य अवस्थामा सात हजार पाँच सय प्रहरी परिचालित हुने गरेकामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि थप चार हजार गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

‘चाडपर्वलाई लक्षित गरेर विगतका घटनाको समेत विश्लेषण गर्दै प्रदेशमा सुरक्षा योजना बनाएर लागू गरिएको हो। सुरक्षा योजनाअन्तर्गत सीमानाकामा सञ्चालनमा रहेका सहायता कक्षमा प्रहरी सङ्ख्या बढाइएको छ’, प्रहरी नायब महानिरीक्षक केसीले भने।

सीमा क्षेत्रबाट लागुऔषधको कारोबार, विस्फोटक पदार्थलगायत मालसमानको चोरी तस्करीका घटना हुन नदिन नाकामा सञ्चालित सहायता कक्षमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ। सुरक्षा योजना लागु भएपछि पछिल्लो आठ÷दश दिनमा सीमा क्षेत्रबाट तस्करी भएर ल्याइएको झण्डै रु ५० लाख बराबरको मालसामान बरामद गर्न गरिएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad