ad ad

सुदूरपश्चिम


डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार ८:४०, डोटी

डोटीको दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा आज (शुक्रबार) बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए। 

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .