विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर बाजुराको बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर विष्टको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडांगामा विष्टलाई करेन्ट लागेको थियो।
जडांगामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर विष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। रासस
51
Shares
प्रतिक्रिया