ad ad

सुदूरपश्चिम


कांग्रेस संसदीय दलको बैठकमा एक तिहाई सांसद गयल, तीनजना मुख्यमन्त्रीका आकांक्षी

कांग्रेस संसदीय दलको बैठकमा एक तिहाई सांसद गयल, तीनजना मुख्यमन्त्रीका आकांक्षी

गोकुल जोशी
साउन १८, २०८१ शुक्रबार १५:५३, कञ्चनपुर

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी छ। संसदीय दलका नेता कमल बहादुर शाहको अध्यक्षतामा धनगढीमा चलिरहेको बैठकमा कांग्रेसका ६ सांसद अनुउपस्थित छन्।

संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, बहादुर सिंह थापा, दिवान सिंह विष्ट, पदमबहादुर शाही र पूर्वमन्त्रीद्वय शिवराज भट्ट, प्रकाश देउवा बैठकमा सहभागी छैनन्।

उनीहरुमध्ये थापा, विष्ट र देउवा मुख्यमन्त्रीका आकांक्षी पनि हुन्।

संसदीय दलको बैठकमा सहभागी नभएकामध्ये कतिपय नेता अहिले पनि संघीय राजधानी काठमाडौँमै रहेका छन्।

बैठकमा अनुउपस्थित सांसद पदम बहादुर शाहीका अनुसार आफूसहित दिवान सिंह विष्ट र शिवराज भट्ट भर्खरै धनगढी विमानस्थल पुगेका छन्।

शुक्रबार दिउँसो ४ बजे प्रदेश सभा बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने कार्यसूची छ।

प्रदेश सभामा रहेका १८ सांसदमध्ये १२ जना मात्रै उपस्थित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .