ट्रयाक्टरले किच्दा बैतडीमा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्रप्रसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
डिलासैनी १ ब्रमबाट सीमातर्फ गइरहेको सुपप्र ०१००२ त ४६८६ नं को ट्रयाक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा उनलाई किचेको हो।
ट्र्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्र्याक्टरको पछाडिको टायरले किचेको थियो। टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।
घटनालगत्तै सीमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली गएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस
390
Shares
प्रतिक्रिया