सुदूरपश्चिम


माफी मिनाहा पाएपछि छुटे टीकापुर हत्याकाण्डका ३ कैदी, नागरिक उन्मुक्तिले गर्‍यो अबिरजात्रा

माफी मिनाहा पाएपछि छुटे टीकापुर हत्याकाण्डका ३ कैदी, नागरिक उन्मुक्तिले गर्‍यो अबिरजात्रा

नेपालखबर
असोज ३, २०८० बुधबार १२:५३, कञ्चनपुर

टीकापुर घटनामा कैलाली कारागारमा कैद भुक्तान गरिरहेको तीन जना संविधान दिवसका दिन (बुधबार) रिहा भएका छन्।

संविधान दिवसका अवसरमा कैद माफी पाएपछि टीकापुर हत्याकाण्ड कसुरमा जेल जीवन बिताइरहेका तीन जना रिहा भएका हुन्। 

कैलाली कारागारमा जेल जीवन बिताइरहेका ९ जना बुधबार रिहा भएका छन्। तीमध्ये ३ जना टीकापुर हत्याकाण्ड मुद्दाका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि उनीहरु रिहा भएका हुन। 

टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा भएका छन्। 

उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए। त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएका छन्। 

उनलाई आजै पोखराबाट काठमाडौं र काठमाडौँबाट धनगढी ल्याइने बताइएको छ। रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित नागरिक उन्मुक्ति पार्टीले भव्य स्वागत गरेको छ। 

नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गरेका थिए। 

टीकापुर घटनाका मुख्य नाइके मानिएका रेशमलाल चौधरी यसअघि गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भएका थिए। उनी तीनै तहको अदालतबाट दोषी ठहर भएका थिए। 

वि.सं. २०७२ सालमा टीकापुरमा थरुहट आन्दोलनको क्रममा बालक, सुरक्षाकर्मीसहित ८ जनाको हत्या भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad