कला


रामदेवले सपुतलाई अँगालो हाल्दै भने– सलमान, शाहरुखभन्दा ठूला स्टार!

रामदेवले सपुतलाई अँगालो हाल्दै भने– सलमान, शाहरुखभन्दा ठूला स्टार!

प्रकाश सपुतलाई अँगालो हाल्दै रामदेव।


नेपालखबर
असोज ३, २०८० बुधबार १३:१३, काठमाडौँ

भारतीय योगगुरु बाबा रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई आफ्नो देशका स्टारभन्दा पनि ठूलो कलाकार भनेर प्रशंसा गरेका छन्। 

पतञ्जली योगपिठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा रामदेवले सपुतलाई सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका हुन्। 

स्टेजमा उक्लिएका सपुतलाई रामदेवले अँगालो हाल्दै मन खोलेर प्रशंसा गरेका हुन्। 

उनले भने, ‘यी (सपुत) नेपालका सलमान खान, शाहरुख खान, आमिर खानभन्दा ठूला स्टार हुन्। तिमी आफ्नो काममा पूरै निष्ठावान् छौ, सयमा सय नम्बर दिन्छु प्रकाश भाइलाई, जोडदार अभिनन्दन यी बच्चालाई।’

यस क्रममा रामदेवले सपुतलाई विश्वभर नेपाली समाजको गौरव बढाउन  शुभकामना पनि दिएका छन्। 

गायक सपुतले पनि उक्त अवसर र सम्मान अकल्पनीय र अमूल्य भएको उल्लेख गरेका छन्। 

‘दर्शकमाझ पुग्नुको आनन्द अरू केहीसँग तुलना हुन सक्दैन। पछिल्लो ४ वर्ष मैले देश–विदेशमा छरिएर रहनुभएका नेपालीहरूको अथाह माया प्रत्यक्ष महसुस गर्न पाएको छु’, रामदेवसँगको तस्बिरसहित सपुतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा गायक÷कलाकारका रूपमा गीत र भिडिओमार्फत र एउटा पर्फमरका रूपमा स्टेजमार्फत आफ्नो क्षमता र क्षेत्रअनुसारको यो सफलता मेरो लागि अमूल्य छ। अकल्पनीय छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad