ad ad

सुदूरपश्चिम


मन्त्री छनोटलाई लिएर उन्मुक्तिमा असन्तुष्टि, चौधरीले भने : ‘यार गद्दार निकला!’

मन्त्री बन्न प्रमुख सचेतक छोडे, अहिले जिल्लिए
मन्त्री छनोटलाई लिएर उन्मुक्तिमा असन्तुष्टि, चौधरीले भने : ‘यार गद्दार निकला!’

नेपालखबर
साउन १७, २०८० बुधबार १७:५६, कञ्चनपुर

सुदूरपश्चिममा मन्त्री नियुक्तिको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि देखिएको छ।

संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई मन्त्री बनाउने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको हो।

मन्त्रीका आकांक्षी लक्ष्मणकिशोर चौधरीले नियुक्तिमा असन्तुष्टि पोखेका छन्।

‘यार गद्दार निकला! राजनीतिक पाखण्डवाजको घनघोर भत्र्सना गरौं’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उन्मुक्तिले गत वैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी हेरफेर गरेको थियो।

बुधवार बसेको उन्मुक्तिको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारमा रामेश्वर चौधरी र कैलाश चौधरीलाई पठाउने निर्णय गरेको थियो।

सरकारलाई विश्वासको मत दिएर पनि भागबण्डामा कुरा नमिल्दा सरकारमा सामेल नभएको उन्मुक्ति एक पूर्ण र एक राज्यमन्त्री सहित सरकारमा सहभागी हुन सहमत भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .