सुदूरपश्चिम


जुम्लामा मध्यराति अज्ञात समूहले ७ घरमा लगायो आगो, घटनास्थल पुग्दै प्रहरी

जुम्लामा मध्यराति अज्ञात समूहले ७ घरमा लगायो आगो, घटनास्थल पुग्दै प्रहरी

दिनेश बुढा
साउन ६, २०८० शनिबार १०:१३, सुर्खेत

जुम्लाको गुठीचौर गाउँपालिका–४ मा सातवटा घरमा अज्ञात समूहले आगो लगाएको छ। गएराति १० बजेदेखि १२ बजेसम्मको समयमा ती घरमा आगजनी गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौरका ५ देखि ७ वटासम्म घरमा आगलागी भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले  गएराति आगलागी भएको खबर पाएपछि प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘पाँचदेखि सातवटासम्म घरमा आगलागीबाट आशिंक रुपमा क्षति पुगेको छ। शुक्रबार राति १० बजेदेखि १२ बजेको समयमा अज्ञात समूहद्वारा आगो लगाएको भन्ने खबर प्रहरीलाई आएको थियो। उक्त आगो कसैको घरको ढोकामा, झ्यालमा लगाइएको छ।’

घरमा आगाे लागेको पीडितले थाहा पाएपछि आगाे लगाउने समूह भागेको थियो। त्यसपछि पीडितहरुले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीका अनुसार आगजनी कसले र किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुलेको छैन। आगजनी एउटै गाउँमा नभई विभिन्न गाउँका घरमा भएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण  आउन बाँकी छ। 

जुम्ला जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुग्न ७/८ घण्टा लाग्छ। प्रहरी पुगेपछि थप विवरण आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .