भारतको धारचुला तपोवनस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ।
वर्षातका कारण नदीको जलस्तर बढेर जलविद्युत परियोजनाको जलाशयमा पानी प्रवाह दिन प्रतिदिन वृद्धि भइरहेकोले बाँध खोलिने जानकारी भारतीय पक्षले दार्चुला प्रशासनलाई गराएको छ।
जुनसुकै बेला पनि बाँध खोलिने र महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले दार्चुला प्रशासनले शुक्रबार एक सूचना जारी गरेर तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।
भारतको एनएचपीसी लिमिटेडले शुक्रबार दार्चुला प्रशासनलाई पत्राचार गर्दै धौलीगंगा बाँध जुनसुकै बेला खोलिने जानकारी गराएको हो।
21
Shares

प्रतिक्रिया