ad ad

सुदूरपश्चिम


नहरमा मृत फेला परे युवक

नहरमा मृत फेला परे युवक

नेपालखबर
जेठ २७, २०८० शनिबार १६:४१, कञ्चनपुर

कञ्चनपुरमा नहरमा एक जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्ट शनिबार मृत अवस्थामा फेला परेका हुन।

सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर उनी घरबाट निस्किएको प्रहरीले जनाएको छ।

घर नफर्किएपछि खोजतलास गर्ने क्रममा भट्टको नहर कल्भर्डतिर पानीमा डुबेको अवस्थामा शव भेटिएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .