ad ad

सुदूरपश्चिम


महिला बेपत्ता बनाउने बाघ समातियो

महिला बेपत्ता बनाउने बाघ समातियो

बाघलाई नियन्त्रणमा लिएपछि


गोकुल जोशी
बैशाख ९, २०८० शनिबार ८:५९, कञ्चनपुर

बेलौरीमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई प्राविधिक टोलीले शनिबार (आज) बिहान नियन्त्रणमा लिएको छ।

बेलौरी नगरपालिका–८ पचुईँस्थित खप्टी नालामा महिलालाई लिएर गएपछि सोही क्षेत्रमा लुकिरहेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको बाघ।

शुक्रबार बिहान ११ बजे पचुईँमा घाँस काट्न गएकी सोही ठाउँकी गंगा चन्दलाई बाघले आक्रमण गरी लगेको थियो। उनको अवस्था अझै अज्ञात छ।

घटनापछि शुक्रबार दिनभर स्थानीयले बाघलाई घेरा हालेका थिए। त्यसपछि सोही क्षेत्रमा देखिएको बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएको थियो।

बर्दियाका बाघ विज्ञ डा. दिनेश देवकोटाको नेतृत्वमा ३ सदस्यीय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका आभास श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय टोलीले बाघलाई डार्ट गरेर लठ्याएर नियन्त्रणमा लिएको हो।

बाघ समातियाे

‘आज बिहान बाघ नियन्त्रणमा लिन सफल भएका छौँ, डार्ट गरेर बाघलाई लठ्याएर नियन्त्रणमा लिएका हौँ, यसको असर तीन घण्टासम्म रहन्छ’, सब वन डिभिजन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले भने, ‘त्यतिञ्जेलसम्म लठ्ठिएको बाघलाई शुक्लाफाँटा छाड्ने तयारी छ।’

उनका अनुसार अहिले बाघलाई पिँजडामा राखिएको छ। बाघ नियन्त्रणमा आएसँगै अब बेपत्ता महिलाको खोजी हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .