ad ad

सुदूरपश्चिम


मेडिकल कलेज बन्ने निर्णय भयो, बजेट आएन

मेडिकल कलेज बन्ने निर्णय भयो, बजेट आएन

नेपालखबर
चैत २८, २०७९ मंगलबार ८:३३, काठमाडौँ

बजेट निकासा नहुँदा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुनसकेको छैन। सरकारले गत माघमा डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको भए पनि बजेट निकासा नहुँदा सो कार्य अघि बढ्न सकेको छैन।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका अनुसार मेडिकल कलेज सञ्चालनमा आए प्रदेशका विद्यार्थीको चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ।

प्रदेशभरि विशेषज्ञ उपचार सेवा दिन सकिनेछ। उनले भने, ‘मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा हुनसकेको छैन।’

आइतबार सम्पन्न विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उपकुलपति जोशीले सभामा उपस्थित कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बजेट निकासाका लागि आग्रह गरे।

आर्थिक वर्ष २०७९/८० मा विनियोजित रु ४० करोड हालसम्म निकासा हुन सकेको छैन। मन्त्रिपरिषद्को गत माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहने गरी मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो।

मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए।

दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चालनका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहाँका जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्ने सरकारको योजना रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .