सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रष्टाचार विरुद्ध कठोर रुपमा प्रस्तुत हुने बताएका छन्।
प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै शाहले सबैको साझा प्रतिनिधिका रुपमा काम गर्ने बताए।
‘सबैको साझा प्रतिनिधिको रुपमा काम गर्नेछु’ उनले भने, ‘समृद्ध सुदूरपश्चिम बनाउने अभियानमा लाग्ने छु।’
संघीयतालाई बलियो बनाउने गरी काम गर्ने उनले बताए।
‘प्रत्येक कदम संघीयतालाई बलियो बनाउने गरेर चाल्ने छु’ उनले भने, ‘प्रदेश सम्बन्धी उठेको नकारात्मक आवाजलाई निस्तेज गर्ने गरी काम गर्ने प्रतिबद्धता गर्छु।’
विगतमा भएका भ्रष्टाचारको सुक्ष्म अध्ययन गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता जनाए।
‘जनताप्रति इमान्दार रहने छु, भ्रष्टाचारका सन्दर्भमा अत्यन्त कठोर भएर उभिन्छु,’ उनले भने, ‘हिजोको दिनमा भएका सुक्ष्म रुपले समीक्षा र अध्ययन गर्ने विश्वास दिलाउँछु।’
Shares

प्रतिक्रिया