सुदूरपश्चिम


गायब नभएको जिकिर गर्दै सभाध्यक्ष भट्टले भने : कसैको इच्छाअनुसार बैठक बोलाउन सक्दिन

गायब नभएको जिकिर गर्दै सभाध्यक्ष भट्टले भने : कसैको इच्छाअनुसार बैठक बोलाउन सक्दिन

नेपालखबर
पुस २९, २०७९ शुक्रबार २१:५१, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभाका अध्यक्ष शिवराज भट्टले आफू सम्पर्कविहीन नभएको जिकिर गरेका छन्। उनले सुनियोजित तरिकाले आफ्नो दुष्प्रचार गरेको समेत बताए।

कांग्रेस सांसदसमेत रहेका भट्टले बैठक बोलाउने आफ्नो अधिकारभित्र रहेको बताउँदै कसैको इच्छाअनुसार आफू चल्न नसक्ने बताए।
‘म कतै गायब भएको छैन, सधैँ उपलब्ध छु, आफ्नो अधिकारले जे जे गर्नु पर्ने हो, मैले सबै गरेको छु,’ नेपालखबरको सम्पर्कमा आएको भट्टले भने, ‘कसैको इच्छा अनुसार सभा बोलाउन सक्दिन।’

पहिलो चरणमा सभामुख चयन हुननसक्दा दोस्रो चरणमा कसरी जान सकिन्छ, भनेर कानूनी परामर्श लिएको समेत उनले बताए। सोही अनुसार जेठ २ बजे बिहान ९ बजे बैठक आह्वान गर्ने सभाध्यक्ष भट्टले बताएका छन्।

त्यसअघि शनिबार (भोलि) बिहान ११ बजे सर्वदलीय बैठक पनि डाकिएको उनको भनाइ छ।

‘शुक्रवार ४ बजेसम्मको समय दलहरूलाई दिएको थियो’, उनले भने –‘दलहरूसँग सम्पर्क हुन सकेन, सबै प्रक्रिया पुर्याएर म बाहिर आएको हुँ।’

सभामुख चयनका लागि शुक्रबार बिहान बोलाएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। प्रदेशसभाको अध्यक्षता गरिरहेका भट्ट गाडी र सुरक्षाकर्मी प्रदेश सभामै छोडेर सम्पर्कविहीन भएका थिए।

त्यस बेलालाई भट्टको प्रतिकृया बुझ्न नेपालखबरले पनि सम्पर्क गर्दा उनको मोबाइल ‘स्विच अफ’ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad