गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्।
३३ सांसदको समर्थनमा सोमबार गण्डकीको चौथो मुख्यमन्त्री नियुक्त भएका अधिकारीले विश्वासको मत लिने क्रममा भने ३१ सांसदको समर्थन पाए।
मुख्यमन्त्री बन्ने क्रममा समर्थन गरेका नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) विश्वासको मत लिने क्रममा अनुपस्थित थिए।
एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बैठक सञ्चालन गरेका कारण मतदानमा सरिक भएनन्।
अधिकारीलाई एमालेका २१, नेकपा (माओवादी केन्द्र) का ८ र राप्रपाका २ गरी ३१ सांसदले विश्वासको पक्षमा मत दिएका हुन्।
नेपाली कांग्रेसका २७ सांसदले भने विपक्षमा मत दिएका थिए।
51
Shares

प्रतिक्रिया