सुदूरपश्चिम


सुदूरपश्चिममा सभामुख निर्वाचन : रावल र भण्डारीबीच प्रतिस्पर्धा

सत्ता गठबन्धनको साथले भण्डारीको जित निश्चित
सुदूरपश्चिममा सभामुख निर्वाचन : रावल र भण्डारीबीच प्रतिस्पर्धा

गोकुल जोशी
पुस २८ , कञ्चनपुर

सुदूरपश्चिम प्रदेशमा आज सभामुख चयनका लागि निर्वाचन हुँदै छ। दिउँसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

सुदूरपश्चिमको सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले मनोनय दर्ता गराएका छन्।

सभामुखको निर्वाचन तालिका अनुसार बुधबार मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो। मनोनय दर्ता गराएका रावल र भण्डारीमध्ये कसैले मनोनयन फिर्ता नलिएपछि बिहीबार निर्वाचन प्रक्रियाबाट सभामुख चयन गर्ने कार्यतालिका रहेको छ।

माओवादी केन्द्रका भण्डारीलाई माओवादी सहित एमाले, नागरिक उन्मुक्ति र राप्रपाको साथ रहेको छ। कांग्रेसका रावललाई कांग्रेस सहित नेकपा एकीकृत समाजवादीको साथ छ । यहाँ एक स्वतन्त्र उम्मेदवार छन् । उनले कता मत दिने भन्ने बारे अझै निर्णय गरिसकेका छैनन्।

सुदूरपश्चिममा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल बुधबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्। सत्तारुढ गठबन्धनको साथ रहेकाले माओवादीका भण्डारी सभामुखमा निर्वाचित हुने निश्चित छ।

सत्तारुढ गठबन्धनमा सुदूरपश्चिम प्रदेशको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। जसअनुसार पहिलो चरणमा प्रदेश सरकारको नेतत्व एमालेले पाएको हो।

सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार सुदूरपश्चिम प्रदेशको सभामुख माओवादी केन्द्रको भागमा परेको छ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन्।

पुस २८, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.