सुदूरपश्चिम


कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, पूर्वश्चिम राजमार्ग बन्द

कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, पूर्वश्चिम राजमार्ग बन्द

प्रतिकात्मक तस्बिर


नेपालखबर
पुस १, २०७९ शुक्रबार ८:४२, कञ्चनपुर

बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ।

शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकल यात्रा विद्यार्थीलाई ठक्कर दिएको हो। 

बसको ठक्करबाट वेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार बस महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन।

बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक प्रथम वर्षमा अध्ययन गर्थे। शुक्रबार घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए।

घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad