सुदूरपश्चिम


दार्चुलामा एमाले कार्यकर्ताको शव भेटियो, हत्याको आशंका

दार्चुलामा एमाले कार्यकर्ताको शव भेटियो, हत्याको आशंका

घटनास्थल


गोकुल जोशी
मंसिर ५ , महेन्द्रनगर

दार्चुलामा एक युवाको शव फेला परेको छ। जिल्लाको व्याँस गाउँपालिका–४ घोलचौर खोलामा ३५ वर्षीय नरसिंह विष्टको शव फेला परेको हो।
मृतक विष्टको घर सोही गाउँपालिका–४ डोकटमा पर्छ।

३ गते रातिबाट बेपत्ता विष्टको शंकास्पद अवस्थामा शव भेटिएको हो। आइतबार भोट हाल्न नआएपछि स्थानीयले उनको खोजी गरेका थिए।

विष्ट नेकपा एमालेका स्थानीय कार्यकर्ता रहेको खुलेको छ। उनको हत्या भएको हुनसक्ने भन्दै आफन्त आक्रोशित भएका छन्।

घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले बताए। निर्वाचनको अघिल्लो दिन त्यही क्षेत्रमा कांग्रेसको प्रचारमा खटिएको एउटा मोटरसाइकलमा पनि अपरिचित व्यक्तिले आगजनी गरेका थिए। उक्त मोटरसाइकल पूर्व गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीको थियो।

मंसिर ५, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.