सुदूरपश्चिम


बाजुरामा प्रहरीले गोली चलाउँदा एक गम्भीर घाइते, हेलिकोप्टरबाट नेपालगञ्ज लगियाे

बाजुरामा प्रहरीले गोली चलाउँदा एक गम्भीर घाइते, हेलिकोप्टरबाट नेपालगञ्ज लगियाे

गोकुल जोशी
मंसिर ४, २०७९ आइतबार १७:३४, धनगढी

बाजुरामा प्रहरीले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्। 

जिल्लाको त्रिवेणी नगरपालिका–७ मा प्रहरीले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्। 

त्रिबेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। मतपेटिका तानातान गरिरहेका दुई पक्षीय झडप पछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाएको थियो। 

घाइतेको पहिचान खुलेको छैन।

‘गोली लागे/नलागेको स्पष्ट खुलेको छैन, झडपमा घाइते भएको खबर आएको छ,’ बाजुराका सहायक जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले भने।

घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ गएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .