ad ad

सुदूरपश्चिम


मोटरसाइकल दुर्घटना हुँदा अख्तियारका चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा अख्तियारका चालकको मृत्यु

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १२:३१, कञ्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका– ५ पोल्खरीमा मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँका २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको छ।

सु प ०१–०१० प १०७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए। 

उनका अनुसार मोटरसाइकल चलाइरहेका जोशीको टाउको र अनुहारमा चोट लागेर गम्भिर घाइते भएका थिए। उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सवारी चालकको रुपमा कार्यरत थिए। घर नजिकै उनले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .