सुदूरपश्चिम


कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

नेपालखबर
असोज २३, २०७९ आइतबार १७:११, बाजुरा

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। 

उनले आइतबार अपराह्न गृहजिल्ला बाजुरामा प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन्। 

सत्ता गठबन्धनले प्रदेशसभा सदस्यका लागि बाजुरा–१ ‘क’ बाट कर्णबहादुर बिक र ‘ख’ बाट पदमबहादुर शाहीलाई उम्मेदवार बनाएको छ। 
बिक नेकपा माओवादी केन्द्रबाट र शाही कांग्रेसबाट उम्मेदवार बनाइएका हुन्। 

एमालेले बाजुरामा कर्णबहादुर थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। 

यस्तै प्रदेशसभा सदस्यका लागि एमालेले ‘क’ बाट लालबहादुर थापा र ‘ख’ बाट बलदेव रेग्मीलाई टिकट दिएको छ। 

२०७४ को निर्वाचनमा बाजुराबाट एमाले नेता लाबहादुर थापा २८ हजार ६५ मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

एनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कविराज पण्डितले २३ हजार १८१ मत ल्याएका थिए। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार बाजुरामा एमालेको २७ हजार ८४४, कांग्रेसको २४ हजार ३०४, माओवादीको ४ हजार २२९, नेकपा एकीकृत समाजवादीको १ हजार ६८९ र राप्रपाको १७२ मत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad