राजनीति


कांग्रेस उपसभापति खड्काद्वारा मनोनयन दर्ता

कांग्रेस उपसभापति खड्काद्वारा मनोनयन दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १७:१२, सुर्खेत

नेपाली कांग्रेसका पार्टी उपसभापति पूणर्बहादुर खड्काले मनोनयन दर्ता गरेका छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि खड्काले वारेसनामा मार्फत मनोनयन दर्ता गराएका हुन्। 

यस्तै, प्रदेश सभातर्फ गठबन्धनबाट कांग्रेसका खड्क पोखरेल र माओवादीका कृष्ण जिसीले पनि मनोनयन दर्ता गराएका छन्। पोखरेल नेपाली कांग्रेसका सुर्खेत जिल्ला सभापतिसमेत हुन्। 

सुर्खेतमा माओवादी, कांग्रेस र समाजवादीको गठबन्धन छ। जसअुसार २ प्रतिनिधिसभा र २ प्रदेशसभा कांग्रेसले लिएको छ भने, २ प्रदेशसभा माओवादीले पाएको छ। 

यस्तै, नेकपा एमालेले पनि मनोनयन दर्ता गरेको छ। एमालेबाट प्रतिनिधिसभाका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट धुव्रकुमार शाही, प्रदेश क मा ठम्बर विष्ट र ख मा डण्डीप्रसाद शर्माले पनि मनोनयन दर्ता गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad