गएरातीदेखिको अविरल वर्षाका कारण दार्चुलामा क्षति पुर्याएको छ।
सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले दर्जन घर, पुल बगाएको छ।
लास्कु खोलामा बाढीले केही घर, पुल, रोकेर राखिएका गाडी बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।
क्षतिको विवरण संकलन भइरहेकोले बताउँदै उनले पूर्ण विवरण भने आइनसकेको बताए। बाढीमा केही मानिस पनि बेपत्ता भएको आशंका गरिएको छ।
‘हामी विवरण संकलन गर्दैछौँ, घर बगेका छन्, मानिस पनि बेपत्ता भएका छन् भनिएको छ,’ उनले भने, ‘पूर्ण विवरण आइसकेको छैन।’
उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । दार्चुला टिंकर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुल बगाएको स्थानीयले बताएका छन्।
117
Shares
प्रतिक्रिया