सुदूरपश्चिम


डडेल्धुरामा एमालेबाट देउवाका प्रतिस्पर्धी पठान सिंह बोहरा

प्रदेश सभामा स्नेही र शाही
डडेल्धुरामा एमालेबाट देउवाका प्रतिस्पर्धी पठान सिंह बोहरा

गोकुल जोशी
भदौ २०, २०७९ सोमबार १४:३०, कञ्चनपुर

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री पठान सिंह बोहरा उम्मेदवार बन्ने भएका छन्।

बोहरा प्रतिनिधि सभा प्रत्यक्षतर्फ डडेल्धुराबाट सर्वसम्मत सिफारिसमा परेका छन्।

०७४ सालमा डडेल्धुरा प्रदेश सभा (१) मा बोहराले कांग्रेसका रघुवर भट्टलाई पराजित गरेका थिए।

माओवादी केन्द्रको समेत समर्थन रहेको त्यस बेला बोहराले १३ हजार ५६३ मत ल्याएका थिए भने कांग्रेसका भट्टले ११ हजार ३९४ मत ल्याएका थिए।

एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा सांसद समेत रहेका उनै बोहरा यसपटक प्रतिनिधि सभातर्फ चुनाव लड्ने भएका हुन।

एमालेबाट बोहरा एक्लैको नाम सिफारिसमा परेपछि यही आधारमा केन्द्रबाट टिकट वितरण भए उनले टिकट पाउने निश्चित छ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका छन्। 

एमालेका केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज बोहरा यसपटक एमालेबाट देउवासँग प्रतिस्पर्धा गर्ने तयारीमा छन्। तर टिकटबारे पार्टी केन्द्रले निर्णय गर्न बाँकी छ।

दुई वटै प्रदेश सभामा सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहीले जानकारी दिए।

उनका अनुसार प्रदेश सभा (१) तर्फ प्रत्यक्षमा चक्रप्रसाद स्नेही सिफारिस भएका छन्। उनी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा निवर्तमान् राष्ट्रिय सभा सदस्य हुन्।

यस्तै, प्रदेश सभा (२) मा जिल्ला विकास समितिका पूर्व सभापति गजेन्द्रबहादुर शाही सर्वसम्मत भएका छन्। उनी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवलाय सदस्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .