सुदूरपश्चिम


कैलालीमा एमालेबाट लेखराज र नारदमुनि सर्वसम्मत, अन्य क्षेत्रमा को को भए सिफारिस?

कैलालीमा एमालेबाट लेखराज र नारदमुनि सर्वसम्मत, अन्य क्षेत्रमा को को भए सिफारिस?

नेपालखबर
भदौ १९, २०७९ आइतबार २०:७, कञ्चनपुर

नेकपा एमाले कैलालीले दुई वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल नाम सिफारिस गरेको छ।

५ वटा निर्वाचन क्षेत्रमध्ये दुई प्रतिनिधि सभा निर्वाचन समन्वय समितिले प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल नाम सिफारिस गरेर पठाएको एमाले कैलालीका अध्यक्ष दुर्गाप्रसाद जोशीले जानकारी दिए।

उनका अनुसार निर्वाचन क्षेत्र नम्बरमा ४ मा एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट सर्वसम्मत सिफारिस भएका छन्।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले कैलालीका इन्चार्जसमेत रहेका नारदमुनि रानाको नाम एकल सिफारिस गरिएको छ।

भट्ट र राना ०७४ सालको चुनावमा यहीँ क्षेत्रबाट विजयी भएका थिए। ०७४ मा वामगठबन्धनबाट उम्मेदवार बनेका माओवादीका भट्ट ३१ हजार ३५९ मत सहित नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गरेका थिए। कांग्रेसका भण्डारीले २० हजार ९६० मत ल्याएका थिए।

तत्कालीन नेकपा विघटन पश्चात् एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि भट्ट माओवादी छोडेर एमालेमै समाहित भएका थिए। उनलाई यसपटकको चुनावमा पनि मैदानमा उतार्न एमालेले सर्वसम्मत सिफारिस गरेको छ।

यस्तै, एमालेका रानाले ०७४ सालको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवालाई ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए।

त्यसबेला रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन्। उनै राना यसपटकको चुनावका लागि पनि सर्वसम्मत सिफारिसमा परेका हुन्।

यस्तै, निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरिएको छ। सोमबहादुर थापा, तपेन्द्र रावल र सिलु स्वाँर (खतिवडा) को नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फका लागि सिफारिसमा परेको हो।

निर्वाचन क्षेत्र नम्बर ३ मा गौरीशंकर चौधरी र चुलराम चौधरीको नाम एमालेले सिफारिस गरेको छ।

गौरीशंकर चौधरी ०७४ सालको चुनावमा पनि यहीँ क्षेत्रबाट विजयी भएका थिए। त्यस बेला माओवादीमा रहेका उनी नेकपा विघटन भएर माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्काए पछि माओवादी छोडेर एमालेमै समाहित भएका थिए।

कैलाली क्षेत्र नम्बर २ ले भने सिफारिस टुङग्याएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .