ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम सरकारले गौरा पर्वका लागि दिएको बिदा रद्द गर्‍यो

सुदूरपश्चिम सरकारले गौरा पर्वका लागि दिएको बिदा रद्द गर्‍यो

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १०:२९, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वमा दिएको सार्वजनिक बिदा रद्द गरेको छ।

यही भदौ १८ गते गौरा पर्वमा संघीय सरकारले बिदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि बिदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो। 

तर, बुधबार सूचना जारी गर्दै प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको बिदा रद्द गरिएको जनाएको हो। 

यस्तै भदौ १२ गते थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइसकिएकाले १९ गतेका लागि राजपत्रमा उल्लेख भएको बिदासमेत हटाइएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .