कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ९० करोड ६४ लाख ७५ हजारको बजेटको ल्याएको छ।
संघीय समानीकरण अनुदान १७ करोड ७० लाख, चालुतर्फ संघीय सशर्त अनुदानमा २० करोड ५२ लाख, पुँजीगततर्फ ३ करोड १४ लाख, संघीय समपुरक अनुदान पुँजीगततर्फ ८० लाख, प्रदेश समानीकरण अनुदानमा १ करोड ३० लाख १९ हजार प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड बढीको रुपैयाँको बजेट ल्याएको छ। नगर उपप्रमुख खडकबहादुर शाहले शुक्रबार बसेको नगर सभामा ८५ करोड ८ लाख ८४ हजार १ शय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका गरेका छन्।
संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लख ५९ हजार, समपुरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख सीमा अनुमान गरिएको छ।
नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ शय ६० रुपैयाँ, मालपोत रजिष्ट्रेशन ३ करोड ७५ लाख, वचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ।
Shares
प्रतिक्रिया