ad ad

खेल


दाजुभाइको विश्वकप यात्रा : भाइ नकआउटमा, दाजु घर फर्किए

दाजुभाइको विश्वकप यात्रा : भाइ नकआउटमा, दाजु घर फर्किए

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार २३:४१, काठमाडौँ

दुई फरक देशबाट विश्वकप खेलेका दाजु इनाकी विलियम्स समूह चरणबाटै घर फर्किँदा भाइ निको विलियम्सले अन्तिम १६ को यात्रा तय गरेका छन्। 

शुक्रबार समूह चरणको अन्तिम खेल खेल्दै घाना बाहिरिएपछि इनाकीको विश्वकप यात्रा पनि समूह चरणसम्म सीमित बनेको हो। समूह एच मा रहेको घानाले तेस्रो स्थानमा रहँदै विश्वकपको यात्रा सकाएको हो।  

 

क्लब फुटबलमा एउटै टोलीबाट सँगै मैदान उत्रिरहेका दुई दाजुभाइ विश्वकपमा फरक देशबाट मैदान उत्रिएका थिए। 

स्पेनमा जन्मिएका इनाकीले पहिलो पटक घानाबाट विश्वकप खेलेका हुन्। एथ्लेटिक बिल्बाओका फरवार्ड इनाकी लगातार २०३ खेल खेलेर स्पेनिस लिगमा किर्तिमान बनाउने खेलाडी हुन्। क्लब फुटबलमा किर्तिमान बनाए पनि उनी सन् २०१६ देखि स्पेनको टोलीमा समावेश थिएनन्। सन् २०१५ देखि १७ सम्म स्पेनको यू–२१ टोलीमा रहेका इनाकी सन् २०१६ मा स्पेनको टोलीबाट पनि खेलिसकेका छन्। 

उनका कान्छो भाइ निको सम्मिलित टोली स्पेन भने अघिल्लो चरणमा पुगेको छ। निकोले सन् २०१० मा स्पेनको यू–१८ र २०२१ मा यू–२१ बाट खेलिसकेका छन्। 

विलियम्स दाजुभाइ जो अलग देशबाट विश्वकप खेल्दै छन्

समूह ई मा रहेको स्पेन समूह उपविजेता बन्दै अघिल्लो चरण पुगेको हो। यो समूहबाट जापान समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको थियो। 

यसअघि दुवै दाजुभाइले एउटै क्लबबाट खेले पनि यो पटकको विश्वकपमा फरक देशको प्रतिनिधित्व गर्दै कतार पुगेका थिए। 

व्यावसायिक फुटबलको यात्रा 
सन् २०१३ मा इनाकीले एथलेटिक र निकोका लागि साइन गरे। ११ वर्षको उमेरमा निको पनि इनाकीलाई पछुयाउँदै युवाको टोलीमा सामेल भए। 

इनाकीले सन् २०१४ मा एथलेटिमा डेब्यु गरे त्यो सिजन एथलेटिकलाई कोपा डेल रे फाइनलमा पुग्न मद्दत गर्‍यो। उनले दुई पटक स्पेनिस सुपर कोपा जितेका छन्। २०२१ मा बार्सिलोना विरुद्धको फाइनलमा विजयी गोल समेत गरेका थिए। 

एनाकीको पदचाप पछ्याउँदै निको पनि फुटबलमा नै लागे तर परिवारको सपना त्यति बेला निकोले पनि एथ्लेटिकमा डेब्यु गरे र रियल भालाडोलिड विरुद्ध खेल्न मैदान उत्रिए। त्यसको १० मिनेटपछि इनाकी पनि बेन्चबाट बाहिरिएर उनीहरुसँगै मैदानमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .