ad ad

खेल


२० वर्षपछि समूहचरणबाट बाहिरियो उरुग्वे

२० वर्षपछि समूहचरणबाट बाहिरियो उरुग्वे

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार २२:५९, काठमाडौँ

समूहको निर्णायक खेलमा घानालाई पराजित गरे पनि विश्वकप फुटबलबाट उरुग्वे बाहिरिएको छ। आफूले २–० को स्पष्ट जित हात पारेको उरुग्वे अर्को खेलको नतिजाका कारण समूह चरणबाटै बाहिरिनु परेको हो। 

अंक बराबर भएपनि दक्षिण कोरियासँग गरेको गोल कम हुँदा उरुग्वे २० वर्षपछि समूह चरणबाटै बाहिरिएको हो। यसअघि २००२ को विश्वकपमा उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो। २००६ मा छनोट नभएको उरुग्वे त्यसपछिका लगातार विश्वकपमा नकआउटमा पुग्दै आएको थियो। 

शुक्रबार राति घानामाथि उरुग्वेले २–० को जित हात पारेको हो। तर दुवै टोली बाहिरिए। 

खेलको सुरुवातमै घानाले अग्रता लिने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। घनाले खेल जितेको भए अर्को खेलमा कोरिया विजयी भए पनि बाहिरिने थियो। घानाले २१ औं मिनेटमा पाएको पेनाल्टीमा मिडफिल्डर आन्द्रे अवेले गोलमा परिणत गर्न सकेनन्। 

जसलाई उरुग्वेका गोलरक्षकले सुन्दर बचाउ गरे। त्यसपछि उरुग्वेले लगातार २ गोल गर्यो। खेलको २६ औं मिनेटमा पहिलो गोल गरेका जिवर्जीन आरासकाइटाले ३२ औं मिनेटमा दोस्रो गोल गरे। त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा उरुग्वेले अन्तिम खेल जित्यो। 

यसअघिको विश्वकपमा पोर्चुगललाई हराउँदै क्वार्टर फाइनलसम्म पुगेको उरुग्वे त्यसपटक त्यही पोर्चुगलसँग पराजित हुँदा बाहिरिनु परेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .