इङल्याण्डसँग पराजित भएपछि वेल्स ६४ वर्षपछि कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।
अहमद अल बिन अली स्टेडियममा मंगलबार भएको खेलमा इङल्याण्डसँग ३–० ले पराजित भएपछि वेल्सको दोस्रो पटक अन्तिम १६ मा पुग्ने इच्छा अधुरै रहेको हो।
यसअघि सन् १९५८ मा पहिलो सहभागितामा नै क्वार्टरफाइनलसम्म पुगेको वेल्स दोस्रो पटक पनि सोही लयलाई निरन्तरता दिने योजनामा थियो। त्यसपछी पहिलो पटक विश्वकपमा सहभागी भएको वेल्स समूह चरणबाट अघि बढ्न सकेन।
समूह बी मा रहेको वेल्स पहिलो खेलमा अमेरिकासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो। दोस्रो खेलमा इरानसँग २–० ले पराजित भएको वेल्सले समूह चरणको अन्तिम खेलमा इङल्याण्डसँग पराजित भएपछि भएको हो।
शुक्रबार इरानसँगको खेलमा वेल्सका गोलरक्षक वेन हेनेसीले ८६ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेपछि खेलले अर्कै मोड लिएको थियो। त्यसअघि वेल्स र इरानबीचको खेल गोलरहित बराबरी थियो।
हेनेसीले इरानका मेहदी तारेमीलाई अनावश्यक फउल गरेपछि हेनेसील रातो कार्ड खाएका थिए। सुरुमा रेफ्रीले पँहेलो कार्ड देखाए पनि पछि भीएआरको सहायतामा रातो कार्ड देखाएका थिए।
समूह बी मा रहेको वेल्स तालिकाको पुछारमा रहेर कतार विश्वकप २०२२ को यात्रा टुङ्ग्याएको हो। दुई खेलमा हार र १ खेलमा बराबरी गरेको वेल्सले १ अंक बनाएको छ।
यो समूहबाट इङल्याण्ड ७ अंकमा शीर्ष र अमेरिका ५ अंकमा दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेका छन्। इरान र वेल्स भने समूह चरणबाट बाहिरिएका छन्।
प्रतिक्रिया