घानाको कुदुस मोहम्मदले दोस्रो गोल गर्दा दक्षिण कोरिया फेरि पछि परेको छ। खेलको ६८ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा घाना ३–२ को अग्रता लिन सफल भएको हो।
त्यसअघि पहिलो हाफको ३४ औं मिनेटमा उनले पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए। घानाका लागि पहिलो गोल २४ औं मिनेटमा मोहम्मद सलिसुले गरेका थिए।
तर दोस्रो हाफमा ३ मिनेटको अन्तरमा २ गोल गर्दैै खेलमा फर्किएको कोरिया पुनः पछि परेको हो।
पहिलो हाफमा २–० ले पछि परेको कोरियाले ५८ र ६१ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियाे। रोमाञ्चक खेलमा दुवै गोल कोरियाका चो ग्यासङले गरे। उनले दुवै गोल हेडमार्फत गरेका हुन्। तर ७ मिनेटमै घानाले अग्रता ताेड्याे।
189
Shares
प्रतिक्रिया