बुधबार विश्वकप फुटबलमा जापानले जर्मनीविरुद्ध आश्चर्यजनक नतिजा निकाल्यो। तर, कतारी रंगशालामा भेला भएका जापानी प्रशंसक नतिजाले मात्र सन्तुष्ट भएनन्। खेल सकिएपछि उनीहरुले रंगशालाको सफाइ पनि गरेका छन्।
खेल २–१ ले जितिसिकेपछि खुसीले गद्गद् भएका जापानी प्रशंसकहरु रंगशालामै बसे र फोहोर टिप्ने काममा जुटे। आफूहरु आउँदा रंगशाला जस्तो अवस्थामा थियो, त्यस्तै अवस्थामा छाडेर मात्र उनीहरु फर्किए।
र, यो काम जापानी प्रशंसकले मात्र गरेनन्।
जापानी राष्ट्रिय टोलीका खेलाडीहरुले पनि आफ्नो चेन्जिङ रुम चिटिक्क पारेर छाडेका थिए।
फिफाले जापानी खेलाडीहरुको चेन्जिङ रुमको फोटो ट्विटरमा पोस्ट गरेको छ। जसमा तौलियाहरु पट्याएर राखिएको थियो। जर्सी र पानीका बोतलहरु पनि एकैठाउँ खात मिलाएर राखिएको थियो।
After an historic victory against Germany at the #FIFAWorldCup on Match Day 4, Japan fans cleaned up their rubbish in the stadium, whilst the @jfa_samuraiblue left their changing room at Khalifa International Stadium like this. Spotless.
Domo Arigato.👏🇯🇵 pic.twitter.com/NuAQ2xrwSI — FIFA.com (@FIFAcom) November 23, 2022
साथमा ‘धन्यवाद’ लेखिएको नोट पनि छाडिएको थियो।
बुधबार जापानसँग जर्मनीको पराजय यो प्रतियोगिताको दोस्रो उदेकलाग्दो नतिजा हो। यसअघि मंगलबार साउदी अरबले अर्जेन्टिनालाई हराएको थियो।
जापानको विजयपछि जापानी खेलकुद तथा मनोरञ्जन कम्पनीहरुको सेयरको मूल्यमा वृद्धि समेत देखिएको छ।
जापानी टोलीको प्रायोजक बियर उत्पादक किरिन र राष्ट्रिय प्रशारक फुजी मिडियाको सेयर पनि उठेको छ।
खेलपछि जापानी मिडियामा राष्ट्रिय छुट्टी दिइनुपर्ने माग बढेको थियो। ब्लुमबर्ग
Shares

प्रतिक्रिया