फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार भएको समूह सीको खेलमा अर्जेन्टिनालाई २–१ गोल अन्तरल हराएसँगै साउदी अरेबियामा उत्सव घोषणा गरिएको छ।
साउदी अरेबियाका राजा सलमानले बुधबार सार्वजनिक छुट्टीको घोषणा गरेका हुन्। यो छुट्टी सार्वजनिक र निजी क्षेत्रका सबै कर्मचारीका साथै विद्यार्थीहरुका लागि पनि लागू हुनेछ।
मंगलबार साउदीले दुईपटकको विश्वविजेता अर्जेन्टिनामाथि ऐतिहासिक जित हात पारेको थियो।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले मंगलबारको हार टोलीको लागि ठूलो धक्का भएको बताएका छन्।
उनले खेलमा केही अफसाइट गोल भए पनि निकै स्वच्छरुपमा खेल गराइएको भन्दै कुनै पनि बहाना नचल्ने बताए।
मंगलबारै भएको सोही समूहको अर्को खेलमा भने मेक्सिको र पोल्याण्डले बराबरी खेलेका थिए।
प्रतिक्रिया