ad ad

खेल


पहिलो रोजाइको गोलरक्षकबिनै मैदानमा उत्रिँदै घाना

पहिलो रोजाइको गोलरक्षकबिनै मैदानमा उत्रिँदै घाना

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १०:३८, काठमाडौँ

विश्वकपअघि औलामा चोट बोकेपछि घाना पहिलो रोजाइको गोलरक्षक बिनै मैदान उत्रिने भएको छ। 

घानाले घोषणा गरेको विश्वकपको २६ सदस्यीय टोलीमा पहिलो रोजाईका गोलरक्षक जोजो वोल्लाकोटलाई समेटिएको छ। 

शनिबार लिगवानको खेलअघि वार्मअप गर्ने समयमा औँलामा चोट लागेपछि २६ वर्षिय वोल्लकोटले विश्वकप गुमाउने भएका हुन्। 

प्रशिक्षक ओट्टो एड्डोले घोषणा गरेको टोलीमा आर्सनलमा मिडफिल्डर थोमस पार्टीलाई समेटिएको छ। 

यस्तै घानाको टोलीमा स्पेनका पुर्व स्टाइकर इनाकी विलियम्स पनि छन्। विश्वकप फुटबलमा घाना सबैभन्दा तल्लो वरीयतामा रहेको टोली हो। जहाँ घानामा समुह एच मा पोर्चुगल, दक्षिण कोरिया र उरुग्वेसँग खेल्नेछ। 

विश्वकप खेल्ने घानाको टोली 
गोलकिपर : लरेन्स एटि–जिगी (सेन्ट ग्यालेन), डेनलाड इब्राहिम (असेन्टे कोटोको), अब्दुल मनाफ नुरुदीन (युपेन)

डिफेन्डर : जोसेफ एडु (सेल्टा भिगो), ड्यानियल आमर्टे (लेसेस्टर सिटी), अलेक्जेन्डर जिकु (रेसिङ स्ट्रासबर्ग), तारिक ल्याम्पटे (ब्राइटन एण्ड होभ एल्बियन), गिदोन मेन्साह (अक्सेरे), डेनिस ओडोई (क्लब ब्रुग्स), बाबा रहमान (रिडिङ) , मोहम्मद सालिसु (साउथम्पटन), अलिदु सेइदु (क्लर्मन्ट)

मिडफिल्डर : मोहम्मद कुदुस (आजाक्स), डेनियल–कोफी केरेह (फ्रेइबर्ग), एलिशा ओउसु (जेन्ट), थोमस पार्टी (आर्सनल), सालिस अब्दुल समेद (लेन्स)

फरवार्ड : ड्यानियल अफ्रियी (हर्ट्स अफ ओक), आन्द्रे आय्यु (अल साद), जोर्डन आयव (क्रिस्टल प्यालेस), ओस्मान बुकारी (रेड स्टार बेलग्रेड), इसाहाकु अब्दुल फतावु (स्पोर्टिङ लिस्बन), एन्टोइन सेमेन्यो (ब्रिस्टल सिटी), कमल सोवाह (ब्रिस्टल सिटी) क्लब ब्रुग्स), कमलदीन सुलेमाना (रेनेस), इनाकी विलियम्स (एथलेटिक बिलबाओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .