ad ad

खेल


गोल्डेन बुटमा एम्बाप्पेलाई भेटे मेस्सीले, अल्भारेज पनि प्रतिस्पर्धामा

गोल्डेन बुटमा एम्बाप्पेलाई भेटे मेस्सीले, अल्भारेज पनि प्रतिस्पर्धामा

नेपालखबर
मंसिर २८, २०७९ बुधबार ३:२५, काठमाडौँ

फिफा विश्वकपअन्तर्गत गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फ्रान्सका किलियान एम्बाप्पेलाई भेटेका छन्।

क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल गरेसँगै यो विश्वकपमा उनको गोलसंख्या ५ पुगेको छ। मेस्सी एउटै विश्वकपमा ५ गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी हुन्।

एम्बाप्पेले पनि यो विश्वकपमा ५ गोल नै गरेका छन्। मेस्सीले पहिलो खेलमा साउदीविरुद्ध १ गोल गरेका थिए। दोस्रो खेलमा मेक्सिकोविरुद्ध पनि गोल गरेका मेस्सीले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध र क्वार्टरफाइनलमा नेदरल्याण्ड्सविरुद्ध पनि गोल गरेका थिए। 

फ्रान्सका लागि एमबाप्पेले पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल गरेका थिए। समूहको दोस्रो खेलमा डेनमार्कविरुद्ध २ गोल गरेका उनले अन्तिम १६ को खेलमा पोल्याण्डविरुद्ध पनि २ गोल नै गरे।

त्यस्तै मेस्सी र एम्बाप्पेका साथै फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेज पनि यो प्रतिस्पर्धामा देखिएका छन्। 

फ्रान्सकै जिरुडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध २ गोल, पोल्याण्डविरुद्ध १ गोल र क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध १ गोल गरेका छन्। 

क्रोएसियासँगको खेलमा २ गोल गरेका अल्भारेजले यो विश्वकपमा आफ्नो गोलसंख्या ४ पुर्‍याएका छन्। उनले यसअघि उनले पोल्याण्ड र अष्ट्रेलियाविरुद्ध १/१ गोल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .