ad ad

खेल


पुरुष विश्वकपमा महिला रेफ्रीले रचे इतिहास

पुरुष विश्वकपमा महिला रेफ्रीले रचे इतिहास

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार ११:५०, काठमाडौँ

कतार विश्वकप अन्तर्गत बिहीबार राति जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले मात्र खेलाए।

बिहीबार राति समूह ई को अन्तिम खेल खेलाउँदै ३८ वर्षीया फ्रान्सेली फ्रापार्ट विश्वकप खेलाउने पहिलो महिला रेफ्री बनेकी हुन्। 

फ्रापार्टलाई ब्राजिलकी नेउजा ब्याक र मेक्सिकन करेन डियाज मेडिनाले सहायक रेफ्रीको रुपमा साथ दिएका थिए। विश्वकप इतिहासमा पहिलोपटक महिला रेफ्रीले मात्र खेल खेलाएका हुन्। 

विश्वकपका लागि छनोट भएका ३ महिला रेफ्रिमध्ये फ्रापार्ट एक हुन्। विश्पकपका ३ महिला रेफ्री र ३ सहायक रेफ्रीलाई फिफाले छनोट गरेको थियो। विश्वकपका लागि रुवान्डाका सलिमा मुकानसांगा र जापानकी योशिमी यामाशिता छनोट भएका छन्। 

विश्वकपमा महिला रेफ्री हुनुले कतारमा महिला अधिकारका बारेमा सकारात्मक सन्देश दिन मद्दत गर्ने स्टेफनी फ्रापार्टले बताएकी छिन्। 

फ्रापार्टले भनिन्, ‘हामीलाई थाहा छ महिलाहरूका लागि केही कठिनाइहरू छन्। तर मलाई आशा छ विश्वकपले उनीहरुलाई मद्दत गर्नेछ। 
कतारमा राम्रो स्वागत र व्यवहार गरिएको कारण कुनै समस्या छैन, त्यसैले म डराउँदिन तर आशा यो छ की यो विश्वकपले उनीहरुलाई भविष्यमा मद्दत गर्नेछ।’

कडा मुस्लिम कानुनको पालना गर्ने कतारले समलिङ्गी सम्बन्धमा प्रतिबन्ध लगाएको र आप्रवासी कामदारहरूमाथि गरेको व्यवहारको लागि व्यापक आलोचना भएको छ।

मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले महिला र एलजीविटिक्यु व्यक्तिहरूले कानून र अभ्यासमा भेदभावको सामना गरिरहने बताएको छ। 

फ्रापार्टले पुरुष विश्वकपमा अफिसिङ गर्ने अवसरलाई अस्वीकार गर्न नसक्ने बताइन्। जब विश्वकपका लागि छनोट भयो हामी कसरी जाँदैनौँ भन्न सक्छौँ, यो पुरुष फुटबलमा मात्र हैन विश्वकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता हो।

कतार विश्वकपका लागि ३६ रेफ्री छनोट भएका छन्। फ्रापार्ट सन् २०१९ मा लिग वान र २०२० मा पुरुष च्याम्पिनयन्स लिग खेलाउने पहिलो महिला रेफ्री हुन्। उनी फ्रान्सेली कपको फाइनलमा रेफ्री गर्ने पहिलो महिला पनि हुन्।  

फ्रापार्टले भनिन्, ‘खेलमा सँधै दबाब हुन्छ तर जब तपाई एक महिला हुनुहुन्छ त्यहाँ थप दबाब हुन्छ किनकी यहाँ सँधै नयाँ हुन्छ। खेलमा दबाब भए पनि मैदानमा त्यो महसुस हुन नदिइकन शान्त रहेर मिडिया र सबैको बारेमा सोच्दै फिल्डमा नै केन्द्रित हुनुपर्छ।’ 

फ्रापार्ट मात्र हैन अन्य महिला रेफ्री पनि दबाबको सामना गर्न तयार छन्, जुन कुरा यसअघिका प्रतियोगिताको अनुभवले बताइसकेको छ। 

हरेक खेल महत्वपूर्ण रहेका कारण आफूहरुले यसअघिको अनुभवका कारण पनि नयाँ चुनौती र अवसरको लागि सँधै तयार रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .