कतार विश्वकपको अन्तिम १६ मा पुग्नका लागि आज समूह सी र डी का टोली भिड्दै छन्। समूह सीको खेल राति १२ः४५ बजे हुँदा डी का चार टोलि त्यसअघि नै आमनेसामने भइसक्नेछन्।
यो समूहबाट फ्रान्स एक खेल अघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। नकआउटमा पुग्न बाँकी तीन टोलीका लागि अवसर छ। ३ अंक भएको अष्ट्रेलियालाई डेनमार्कसँग बराबरीको नतिजाले मात्रै पनि नकआउटमा पुग्न सक्छ। ट्युनिसियाले साविक विजेता फ्रान्सलाई पराजित गरे पनि अर्को खेलको नतिजामा भर पर्नु पर्छ।
साविक विजेता फ्रान्स ट्युनिसियाका लागि कठिन प्रतिदव्न्द्वि हो। फ्रान्स र ट्युनिसिया एजुकेशन सिटी स्टेडियममा भिड्नेछन्। फ्रान्स लगातार दुई जित निकाल्दै एक खेल अगावै नकआउट चरणमा पुगिसकेको छ। ट्युनिसा डेनमार्कसँग बराबरी र अष्ट्रेलियासँग पराजित भएको थियो।
उता साविक विजेता फ्रान्स भने अपराजित रहेर अन्तिम १६ मा पुग्न चाहन्छ। शीर्ष स्थानमा रहेको फ्रान्सको ६ अंक छ। दोस्रो स्थानमा रहेको अष्ट्रेलिया ३ अंक र डेनमार्कको पनि १ अंक मात्रै छ। अष्ट्रेलियालाई पराजित गर्न सके र फ्रान्सले ट्युनिसियालाई पराजित गरे डेनमार्क अघिल्लो चरण पुग्नेछ। यो खेल अल जनौव स्टेडियममा हुनेछ।
अष्ट्रेलियालाई जित वा बराबरीको नतिजा नै पर्याप्त हुनेछ। तर डेनमार्कलाई भने जित आवश्यक छ। बराबरीले पनि डेनमार्कको अन्तिम १६ को यात्रामा पूर्णविराम लाग्नेछ।
Shares
प्रतिक्रिया