विश्वकप फुटबलमा आयोजक कतारले लगातार दोस्रो हार व्यहोरेको छ। स्टार खेलाडी मानेबिनाको सेनेगलले उसलाई ३–१ ले पराजित गरेको हो।
विश्वकप आयोजकको हैसियतमा खेलिरहेको कतारले विश्वकप इतिहासकै खराब कीर्तिमान आफ्नो नाममा गराएको हो। घरेलु लिगका खेलाडी लिएर विश्वकपमा उत्रिएको कतारले पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेको हो।
विश्वकप इतिहासमा लगातार हार व्यहोर्ने आयोजक टोली पनि कतार बनेको छ। विश्वकप इतिहासमा घरेलु टोलीले पहिलो खेलमा नै हार भोग्दै खराब इतिहास बनाएको कतारले दोस्रो खेलमा पनि सम्झनलायक प्रदर्शन गर्न सकेन।
योसँगै उसको अघिल्लो चरणको यात्रा पनि लगभग सकिएको छ। यो समूहका तीन टोलीको समान ३ अंक छ। आजै राति हुने खेलमा नेदरल्याड्सले इक्वेडरलाई हराएको खण्डमा भने एक खेल अघि नै कतार समूहचरणबाटै बाहिरिने निश्चित हुनेछ।
यता घरेलु टोलीलाई हराउँदै सेनेगलले भने नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। अल थुमामा स्टेडियममा भएको खेलमा सेनेगलले कतारलाई २–१ ले पराजित गरेको हो।
पहिलो हाफमा भन्दा दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको सेनेगल कतारमाथि हाबी भयो।
खेलको ४१ औँ मिनेटमा बौलाया डियाले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाए। खेलको ४८ औँ मिनेटमा फमारा दाइदेउले गोल गर्दै खेललाई २–० को अवस्थामा ल्याए। फमाराले इस्माएल जाकोब्सको पासमा बललाई पोष्टको जाली चुमाएका हुन्।
खेलको ७८ औँ मिनेटमा कतारले विश्वकपमा पहिलो गोल गर्यो। मोहम्मदको उत्कृष्ट पासमा मुहम्मद मुन्तारीको हेडर प्रहार गोलरक्षकले बचाउने कुनै मौका पाएनन्। मुन्तारीको गोलमा कतार २–१ को अवस्थामा खेलमा फर्कने कोसिसमा थियो। यो कतारको विश्वकपकै पहिलो गोल हो। मुन्तारी कतारका लागि विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
तर ८४ औँ मिनेटमा सेनेगलका चेख डिङले गोल गर्दै कतारविरुद्ध अग्रता फराकिलो पारे।
पहिलो खेलमा नेदल्याण्डलाई २–० को नतिजा सुम्पेको सेनेगलले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो।
कतार पहिलो खेलमा इक्वेडरसँग २–० ले पराजित भएको थियो। कतारले समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्नेछ। सेनेगलले भने इक्वेडरको सामना गर्नेछ।
प्रतिक्रिया