ad ad

खेल


कतार विश्वकप ब्राजिलले जित्नेमा पेले विश्वस्त

कतार विश्वकप ब्राजिलले जित्नेमा पेले विश्वस्त

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १३:११, काठमाडौँ

फुटबलका महान हस्ती पेलेले कतार विश्वकपमा ब्राजिललाई समर्थन गर्दै छैटौँ कीर्तिमानी उपाधि उचाल्नेमा विश्वस्त रहेको बताएका छन्। 

कतारका मुख्य प्रशिक्षकले छनोट गरेको २६ सदस्यीय टोलीमा आफू विश्वस्त रहेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।  

पेलेले आफ्नो खेल जिवनलाई सम्झदै ब्राजिलको जर्सी लगाएको तस्बिर राख्दै आफ्नो विचार राखेका हुन्। ८२ वर्षीय पेलेले १९५,१९६२ र १९७० मा टोलीलाई विश्वकपको उपाधि दिलाएका थिए। पेले यो पटक ब्राजिलले अर्को तारा थप्नेमा विश्वस्त छन्। 

तिन विश्वकप जित्ने एकमात्र खेलाडी पेलेले लेखेका छन्, ‘हामीले ब्राजिलियन टोलीको जर्सी लगाएको बेलामा ३ ताराको उद्घाटन गरेका थियौँ। अहिले हामीसँग ५ वटा छ। म छैटौँ तारालाई धेरै पर्खन सक्दिनँ।’

पछिल्लो समय स्वास्थ्य समस्या भोगिरहेका पेले सामाजिक सञ्जालमा भने सक्रिय छन्। पेलेले सामाजिक सञ्जालमा लेख्दै टोलीले राष्ट्रलाई गौरवान्वित गर्नेमा आफू विश्वस्त रहेको बताए।

विश्वकप जित्ने टोलीको घोषणापछि पेलेले लेखेका छन्, ‘म यहाँ यो टोलीलाई मेरो विश्वासको मत दिन र हाम्रो राष्ट्रिय टोलीलाई शुभकामना दिन आएको छु।’

विश्व वरीयताको शीर्ष स्थानमा रहेको ब्राजिल र छनोटमा उनको उत्कृष्ट अपराजित दौडले उनीहरूलाई कतारमा उपाधि जित्न तयार रहेको छ। 

ब्राजिलले नोभेम्बर २४ मा सर्बियासँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। समूह जी मा रहेको ब्राजिलले स्विट्जरल्याण्ड र क्यामरुनसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .