ad ad

खेल


अनुभवी खेलाडीलाई बाहिर राख्दै विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा

अनुभवी खेलाडीलाई बाहिर राख्दै विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १६:३३, काठमाडौँ

सेन्टर ब्याक डिफेन्डर ट्रेन्ड सेन्सबरीसहित अनुभवी खेलाडीलाई बाहिर राख्दै कतार विश्वकपका लागि अष्ट्रेलियाले २६ सदस्यीय टोलीको घोषणा गरेको छ। 

अष्ट्रेलियाले सेन्सबरीलाई बाहिर राख्दा न्यु क्यासलका युवा स्टार गाराङ कुओललाई टोलीमा समेटेको छ। युवा खेलाडी कुओलले राष्ट्रिय टोलीका लागि न्युजिल्याण्डविरुद्ध मात्र खेलेका छन्। 

युवा खेलाडीले टोलीमा स्थान बनाउँदा वेष्ट ब्रोमविच एल्बियनका मिडफिल्डर टम रोगिक, कतारी क्लब अल–वक्राहका सेन्ट्रल डिफेन्डर ट्रेन्ड सेन्सबरी र नागोष ग्राम्पसका किपर मिच ल्याङगरक लगायतका अनुभवी खेलाडी टोली बाहिर छन्। 

सन् २०१५ मा एसिया कप जित्दाता अनुभवी तथा टोलीका मेरुदण्ड सेन्सबरीलाई बाहिर राख्नु आफुहरुका लागि कठिन निर्णयहरु मध्ये एक भएको प्रशिक्षक ग्राहम अर्नोल्डले बताएका छन्। उनी पछिल्लो केही सातादेखि खेलिरहेका छैनन्। 

समूह ‘डी’मा रहेको अष्ट्रेलियाले २३ नोभेम्बरमा फ्रान्स, २६ नोभेम्बरमा ट्य्निसीया र ३० नोभेम्बरमा डेनमार्कसँग खेल्नेछ। 

अष्ट्रेलियाको टोली :
गोलकिपर : म्याट रायन (कप्तान), ड्यानी भुकोभिक, एन्ड्रयू रेडमायन

डिफेन्डर :  ह्यारी साउटर, मिलोस डेगेनेक, बेली राइट, थोमस देङ, फ्रान कारासिक, नथानिएल एटकिन्सन, अजिज बेहिच, काई राउल्स, जोएल किंग

मिडफिल्डर :  आरोन मूय, ज्याक्सन इर्विन, अजदिन ह्रस्टिक, क्यामरन डेभलिन, रिले म्याकग्री, केनु बाकस 

फरवार्ड : जेमी म्याक्लेरेन, मिचेल ड्यूक, जेसन कमिंग्स, गारांग कुओल, एवर माबिल, म्याथ्यू लेकी, क्रेग गुडविन, मार्टिन बोयल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .