ad ad

खेल


फारवेष्ट पशुपति कप : स्टार सिटी युवा क्लब विजयी

फारवेष्ट पशुपति कप : स्टार सिटी युवा क्लब विजयी

नेपालखबर
पुस ७, २०८० शनिबार ५:३६, सुदूरपश्चिम

धनगढी रङ्गशालामा शुक्रबारदेखि सुरु भएको छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा साविक विजेता स्टार सिटी युवा क्लब विजयी भएको छ। 

स्टार सिटीले पुनर्वास नगरपालिका खेलकुद विकास समितिको टिमलाई २–० गोल अन्तरले पराजित गरेको हो । स्टार सिटीको जितमा विनोद केवत र कप्तान कुँवेर सिंहले एक÷एक गोल गरे । विजयीसँगै स्टार सिटी युवा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

विनोदले दोस्रो हापको पाँचौँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । अतिक्ति समयमा कप्तान सिंहले टिमका लागि अर्को गोल थपे । उत्कृष्ट प्रदर्शन गरेर ‘म्यान अफ द म्याच’ घोषित स्टार सिटीका कप्तान कुँवेरले रु पाँच हजार पुरस्कार पाए। 

शनिबारको पहिलो खेल इलाइट युवा क्लब र अलस्टार स्पोट्र्स एकेडेमीबीच र दोस्रो खेल टेकबहादुर चोखाल फाउण्डेन र घोडाघोडी क्लबबीच हुने कार्यतालिका छ। 

पशुपति युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख पुस्कार पाउने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए।

सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडी जनही रु १५ हजार पाउनेछन् । यसअघि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले प्रतियोगिताको उद्घाटन गरेका थिए। 

सो अवसरमा शिक्षा क्षेत्रका शिवहरि मुडभरी, स्वास्थ्य क्षेत्रका डा निराजनदत्त शर्मा पौडेल, खेल क्षेत्रका फुटबल प्रशिक्षक लालबहादुर खड्का र धेरै पटक रक्तदान गरेर योगदान गरेका पत्रकार दीपक उपाध्याय नेपाललाई सम्मानित गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .